लिटिल स्टारका लागि छानिए ७० बालबालिका

काठमाडौं
फागुन १ ।
‘लिटिल स्टार २०१७’को प्रारम्भिक चरणको अडिसन सकिएको छ । राजधानीको दरबारमार्ग स्थित सि डब्लु रेष्टुरेन्टमा आयोजित अडिसनमा ९० भन्दा बढि बालबालिकाको सहभागिता रहेको थियो । जसमध्य ७० प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका छन् ।
एनोवेसन इवेन्ट म्यानेजमेन्ट आयोजनामा सोविज मिडिया ग्रुपको सहकार्य रहेको प्रतियोगीताको उदेश्य बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई सुनौलो भबिस्य निर्माणमा अग्रसर रहन मार्ग निर्देशन गर्ने रहेको आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्ट अध्यक्ष महेश केसीले बताए ।
मोडल दिक्पाल कार्की, अभिनेता गौरव पहाडी, अभिनेता यसराज गहतराज, कोरियोग्राफर सुनिता राजभण्डारी लगायत निर्णायक रहेको प्रतियोगीतामा ७ देखि १४ बर्षसम्मका बालबालिकाको सहभागीता रहनेछ ।
प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई आगामि चैत १९ गतेबाट बिभिन्न प्रशिक्षणमा सहभागी गराइने छ । प्रशिक्षणमा उनीहरुले क्याटवाक, ब्याक्तित्व बिकाश, गायन ,नृत्य लगायत बिषयमा दक्ष प्रशिक्षकद्वारा ज्ञान हासिल गर्ने सोविज मिडिया ग्रुपका प्रवल गौतले बताए ।
अभिनेता जीवन गिरी, गिता पुरी, रस्मिना भट्टराईर रन्धिर शाह समेतको बिषेश भुमिका रहेको प्रतियोगीताको बिजेताले ट्रफी सहित नगद उपहारका साथमा चलचित्र, बिज्ञापन चलचित्र लगायत बिभिन्न अवसर जिन्त सक्नेछन् । २० उप शिर्षकमा समेत बिजेता छानिने प्रतियोगीताको फाइनल बैशाखको पहिलो हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार