लोकप्रिय हुँदै ‘जुनेली’

काठमाडौं
माघ २६ ।
धारावाहिक रेडियो नाटक जुनेली श्रोताको मन जित्न सफल भएको छ । तीन महिनायता साप्ताहीक रुपमा हरेक शुक्रवार साँझ ७ ः १५ वजे रेडियो सगरमाथाबाट प्रशारण हुँदै आएको यो नाटकले छोटै समयमा श्रोताको मन जित्न सफल भएको छ ।
नाटकमा उठाइने स्वास्थ्य, शिक्षा, वातावरण, गाउँ, घरपरिवार र समाजमा बिषय बस्तुका कारण नाटक रुचाइएको हो । नाटक बाट सामाजिक समस्याको समाधान पनि खोजिएको छ ।
सगरमाथा रेडियोबाट प्रसारण हुने नाटक जुनेली एकसाथ रामेछापको रेडियो कैरन, सिन्धुपाल्चोकको रेडियो मेलम्ची, इटहरीको रेडियो परिवर्तन लगायत पूर्व पश्चिमका थुप्रै एफएम रेडियाले पनि एकसाथ प्रसारण गर्ने गरेका छन् ।
नाटक रेडियो सगरमाथाको सहकार्यमा जदौ थियटरले निर्माण गरेको हो । सोह्रो भागसम्म प्रसारण भइसकेको नाटकले विज्ञापनको सहयोग नपाएको निर्माण पक्षको गुनासो छ ।
स्वतन्त्र रुपमा समाजमा जनचेतना जगाउने उदेश्यले निर्माण भएको नाटक टेलिभिजनमा गोविन्द वाजेको नामले चर्चित कलाकार निरज राज सुवेदीले लेखक निर्देशन गरेका हुन् ।
सुवेदीले हाँस्य टेलीश्रृखला अमिलो पिरो, जीवन चक्र, थोरैभए पुगिसरीको निर्देशनको साथसाथै रुपमती, सेतो गुलाब, भोक र भित्ताहरु, झ्याँइकुटी झ्याँइ, तितोसत्य, जस्ता लोकप्रिय टेलिश्रृखलामा कलाकार पनि हुन् ।
नाटकमा समन्त आचार्य, गोपपिकृष्ण थपलिया, कमल बोहरा, विमला के सी, रचना पौडेल, सावित्री सिवाकोटी, स्वस्तीका पौडेल, वासुदेव खनाल, हरिकृष्ण गौतम, विष्णु परियार, गणेश दुलाल लगायतले अभिनय गर्ने गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार