पूर्वमा सकेर यतिवेला राजधानीमा ‘समयको माग’

काठमाडौं ।
माया–प्रेम, देशको राजनीतिक परिस्थिति र मसलेदार चलचित्र भनिएको चलचित्र ‘समयको माग’ यतिवेला देशका विभिन्न ठाउँहरुमा छायाँकन भइरहेको छ । पूर्वको झापा, इलाममा छायाँकन सकेर यतिवेला यो चलचित्रको राजधानीका विभिन्न ठाउँहरुमा छायाँकन भइरहेको छ चलचित्रका निर्माता शिव राईले बताए ।
प्रायः नयाँ कलाकारलाई लिएर निर्माण गरिएको यो चलचित्रलाई शिव राई, रवि चन्द्र राई र शाश्वतले मिलेर निर्माण गरेका हुन् । सविन लिम्बु, जुनु तामाङ, प्रतिक्षा खडका, शिव राई, रविचन्द्र राईलगायतका कलाकारको अभिनय रहने यो चलचित्र देउराली इन्टर नेशनल मिडिया ब्यानरमा निर्माण भइरहेको छ । विकास चौधरी र सविन लिम्बुको संगीत रहने ‘समयको माग’लाई रंग फोटोपत्रकार शिव सत्यालले छायाँकन गरिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार