लाहुरेनी सारिका

काठमाडौं ।
नायिका सारिका घिमिरे लाहुरेनी बनेकी छन् । गायक मोहन राईको पछिल्लो गीतिसँग्रह ‘कस्तो सपना’ मा रहेको गीत ‘अरुले लाहुरे भने पनि तिमीले पराई नभनिदिनु…’मा उनी लाहुरेनी बनेकी हुन् । सामाजिक सञ्जाल यु ट्युव माफर्त सार्वजनिक भिडियोको यो गीतलाई डिआईजी नवराज सिलवालले लेखेका हुन् । जसमा शुरेश अधिकारीको संगीत रहेको छ । गीतको भिडियोमा लाहुर गएका नेपालीहरुको परिवारसँगको सम्बन्धलाई देखाउन खोजिएको छ ।
गीतको भिडियोमा सारिका का लाहुरे बनेका छन् बिमलेश अधिकारी भने पिताको भुमिकामा छन् कुमार महर्जन । बिदुर पाण्डेले छायाँकन गरेको यो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । जसको निर्देशक सञ्चारकर्मी डब्बु क्षत्री हुन् । भिडियोमा बिदेशबाट घरमा आएका लाहुरे पतिले नेपाल बसाईको छोटो समयमा पत्नीलाई खुसी पार्न दिएको मायाँलाई देखाउन खोजिएको छ । नायिका सारिका घिमिरेको अभिनयले राम्रै तारिफ पाइरहेको छ यतिवेला । चलचित्र ‘हत्याकाण्ड’बाट नेपाली सिने क्षेत्रमा आएकी सारिकाले अहिलेसम्म आउँदा रक्षा, आगो–२, रक्तभोग, रामकुमारी, जीवन काँडा कि फूललगायत दर्जन चलचित्र र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार