अर्घाखाँची
लोक दोहोरी गीतलाई प्राथमिकतामा राखी गीत गाउँदै आइरहेका गायक गायिका विश्वास नेपाल, वसन्त लम्साल, जमुना सनम, कल्पना श्रिपालको स्वरमा ‘हाम्रो प्यारो अर्घाखाँची’ गीती एल्बम सार्वजनिक भएको छ । अर्घाखाँचीको कला संस्कृति रिति रिवाज र त्यहाँका पर्यटकीय, धार्मिक क्षेत्रलाई अर्घादरबार फिल्मस प्रा.ली को प्रस्तुतिमा हाम्रो प्यारो अर्घाखाँची गीती एल्बम तयार पारी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सार्वजनिक गरिएको छ । एल्वमलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सार्वजजिन गरेका हुन् ।
वसन्त लम्साल र विश्वास नेपालको शब्द र वसन्त लम्सालको लयमा तयार परेको गीत हाम्रो प्यारो अर्घाखाची, अर्घाखाचिको सान पर्यटकिय सम्मान जिल्ला लाई पर्यटकिय स्थल बनाउन र अर्घाखाचीलाई चिनाउन गरिएको यो अभियानमा जिल्लाका थुप्रै पर्यटकिय स्थानहरू सुपा देउराली अर्घाको दरबार, खाँची मैदान, मथुरा बेसी, बल्कोट पौवा, खिदिमको साततले गुफा, फुदवाङ, खन को जालकाडा, पृथ्वी नारायण शाहको मावली डिहिडाडा श्री चन्द्र प्रभा उ मा बि त्यसै गरी पाली को कमला उ.माबी, ठाडाको डमरु दह, नरपानी चुन ढुङगा, थुप्रै ठाउँमा गई छायाङ्न गरेको गीतमा अर्घाखाची कै कलाकार शीतल के.सी, सुरुची रायमाझी, बाबुराम भुसाल, बबिन नेपाल यबराज थापा, सहयोगी बिसी, राजु खड्का, विन्दु घिमिरे लगायतको अभिनय रहेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, स्थानिय विकास अधिकारी प्रदिप पौडेल, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष हिमवहादुर जिसी लेकालीलगायतले शुभकामना मन्तव्य राख्दै सफलताको शुभकामना दिएका थिए ।






