काठमाडौं ।
आगमी पौष ८ गते शुक्रबारमा पामाकेयर नेपाल्स स्टार मोडल–२०१६को चयन हुने भएको छ । ‘राजधानी स्थित राष्ट्रीय नाचघर जमलमा एक कार्यक्रमका बीच यो प्रतियोगीतलाई सम्पन्न गर्न गइरहेका छौ’ आयोजक संस्था सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले भने । यसको कोरियोग्राफी नेपाल्स फेस अफ द इयर २०१६का बिजेता दिवस धिताल र देबी अकौलियाले गरेका छन् । सम्पूर्ण नेपालीहरुको जात, भाषा, धर्म र संस्कृतिलाइ समेटेर आयोजना गर्न लागेको यस प्रतियोगितामा बिद्यार्थी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी ब्यबसायी हर तप्काका पुरुष र महिलाहरुले भाग लिएका र यस प्रतियोगिता बाट फाइदा लिएका छन् शाहले बताए ।
प्रतियोगिताका लागि छनौट युवा युवतीहरुलाई एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, सेलिब्रेटी कलाकार र चर्चित मोडलबाट प्रतिस्पर्धीलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो ।






