पुनः सञ्चालनमा आयो ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’

काठमाडौं,
भदौ २४ ।

एक वर्षअघि जेन-जी आन्दोलनका क्रममा आगजनीबाट गत वर्ष भदौ २४ गते पूर्णरूपमा क्षतिग्रस्त महाराजगञ्जस्थित ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ पुनर्निर्माणपछि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । आगजनी भएकै दिन बुधबार पुनर्निर्मित स्टुडियोको अभिनेता तथा हास्यव्यंग्य कलाकार जितु नेपाल र अभिनेत्री प्रियना आचार्यले रिबन काटेर संयुक्त उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा अभिनेता नेपालले लामो समयदेखि लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोबाट सेवा लिँदै आएको उल्लेख गर्दै आगजनीपछि पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउनु प्रेरणादायी भएको बताउनुभयो । अभिनेत्री आचार्यले १७ वर्ष पुरानो स्टुडियो खरानीबाट नयाँ संरचनासहित पुनः स्थापित भएकोमा खुसी व्यक्त गर्दै आगामी पाँच वर्षभित्र देशभर ५१ शाखा विस्तार गर्ने योजनाको सफलताको शुभकामना दिनुभयो ।

स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरका अनुसार उहाँले २७ वर्षअघि मुम्बईबाट नेपाल फर्किएर ठमेलमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ सुरु गर्नुभएको थियो । १७ वर्षअघि महाराजगञ्जको भाटभटेनीमा पहिलो फ्रेन्चाइज स्थापना गरिएको थियो । गत वर्षको आगजनीमा महाराजगञ्ज र अन्य स्थानका दुई स्टुडियो पूर्णरूपमा क्षतिग्रस्त भए पनि एक वर्षमै पुनर्निर्माण गरी सेवा पुनः सुरु गरिएको ठाकुरले बताउनुभयो ।

हाल काठमाडौं उपत्यकामा महाराजगञ्ज, कोटेश्वर, पुलचोक, कलंकी, स्काईवाक कमलादी र भैंसेपाटीमा स्टुडियोका शाखा सञ्चालनमा छन् । ठाकुरका अनुसार स्टुडियोले पछिल्लो २७ वर्षदेखि गुणस्तरीय तथा सुलभ सौन्दर्य सेवा प्रदान गर्दै आएको छ भने दर्जनौं नेपाली चलचित्रमा हेयर स्टाइलिस्ट, कन्सल्टेन्ट तथा डिजाइनरका रूपमा समेत योगदान गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार