बढ्यो हवाई भाडा

काठमाडौं
साउन २० ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको न्यूनतम भाडादर बढाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको छ ।

निगमले साउन १७ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँका दरले बढाएको थियो । अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रूपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार काठमाडौंबाट धनगढी रुटमा यसअघि १० हजार १२० रूपैयाँ रहेको फ्युल सरचार्ज अब बढेर ११ हजार पुगेको छ ।

अर्थात् धनगढी जाने टिकटको मूल्य ८८० रूपैयाँले बढेको छ । प्राधिकरणले समग्र मूल्य आठ प्रतिशतले वृद्धि गरेको हो । सबैभन्दा बढी मूल्य भने विराटनगर–धनगढी एक हजार २९० रूपेयाँले बढेर १६ हजार ३५ रूपैयाँ पुगेको छ । नेपालगन्ज-भद्रपुर रुटमा भाडा एक हजार १७० रूपैयाँले बढेर १४ हजार ५६० रूपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार