तमुसमाज पोर्चुगलद्वारा ‘चेलीबेटी भात खुवाई-२०२६’ कार्यक्रम सम्पन्न

लिस्बन (पोर्चुगल)
साउन २० ।

नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर तमुसमाज पोर्चुगलले आयोजना गरेको ‘चेलीबेटी भात खुवाई-२०२६’ कार्यक्रम भव्य, सभ्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

प्रवासमा रहेका नेपाली समुदायबीच तीज पर्वको सांस्कृतिक महत्त्वलाई संरक्षण गर्दै आपसी एकता, सद्भाव र पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, तमुसमाज पोर्चुगलका पूर्व अध्यक्ष, संरक्षक, सल्लाहकार, विभिन्न जातीय तथा सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, वैचारिक संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा ठूलो संख्यामा नेपाली समूदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी चेलीबेटीहरूलाई परम्पराअनुसार आत्मीय वातावरणमा भात खुवाउनुका साथै तीज पर्वको सांस्कृतिक महत्त्व, नेपाली मौलिक परम्परा र प्रवासमा सामाजिक एकताको आवश्यकताबारे समेत चर्चा गरिएको थियो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि तमुसमाज पोर्चुगलले सम्पूर्ण अतिथि, शुभेच्छुक, सहयोगी तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । संस्थाले विशेष रूपमा क्षेत्रीय शाखा टोरेस वेद्रास, मारिना दास ओन्दास, जाम्बुजेरो तथा मोन्तिजोका अध्यक्ष, पदाधिकारी र स्वयंसेवकहरूको सक्रिय भूमिका तथा योगदानको प्रशंसा गरेको छ ।

त्यसैगरी, कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग पुर्‍याउने दाता, व्यवसायी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समूदायप्रति पनि संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

तमुसमाज पोर्चुगलले सम्पूर्ण महानुभावहरूको साथ, सहयोग, विश्वास र सक्रिय सहभागिताकै कारण ‘चेलीबेटी भात खुवाई–२०२६’ कार्यक्रम ऐतिहासिक र सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार