अभिनेता प्रदीप रावतको निधन

काठमाडौं,
साउन २० ।

भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन भएको छ । ब्लड क्यान्सर पिडित उहाँको ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो ।

मुम्बईस्थित कोकिला बेन अस्पतालमा उहाँ उपचाररत हुनुहुन्थ्यो । तेलुगु, हिन्दी र तमिल चलचित्रका अभिनेता समेत रहनुभएका रावतले चन्द्र पन्तको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्नुभएको थियो ।

रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले ‘सरफरोस, लगान, गजिनी’मा खलपात्रको भूमिकामा समेत अभिनय गर्नुभएको थियो ।

उहाँले हालै नेपाली चलचित्र ‘आबाट आमा(२’ को छायांकन सकाउनुभएको थियो । रावतको निधनको खबरपछि अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ । भारतीय कलाकारहरूले पनि सामाजिक सञ्जालमा रावतको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिइरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार