‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ (भिडियोसहित)

काठमाडौं,
साउन २० ।

आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको लोकशैलीको गीत सार्वजनिक गरिएको हो ।

विष्णु नेपालीको शब्द र संकेत अगस्तीको संगीत रहेको गीतको भिडियो पोखराको बेगनास ताल क्षेत्रमा छायांकन गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)को रोमान्टिक अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ । गीतलाई कमल राईले कोरियोग्राफी गर्नुभएको हो ।

राजेन्द्र बस्नेत निर्देशित चलचित्रमा जितु नेपाल, प्रियना आचार्य, शुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य, गणेश राजभण्डारीलगायत कलाकारको अभिनय छ ।

बालकुमार राई र निर्भिक बञ्जारा निर्माताको रूपमा रहेका चलचित्रमा कृष्णभगत चाम्लिङ प्रस्तुतकर्ता तथा अनन्त राई कार्यकारी निर्माता हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार