मलेसियामा देव ‘ग्रान्ड विनर’

काठमाडौं,
साउन २० ।

देव जैसवालले मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा सम्पन्न ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल-२०२६’अन्तर्गत बालक विधामा ‘ग्राण्ड विनर’को उपाधि जित्नुभएको छ । विश्वका विभिन्न देशका प्रतिस्पर्धी सहभागी रहेको उक्त अन्तर्राष्ट्रिय व्यक्तित्व, संस्कृति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रतियोगिताको अन्तिम चरणमा देवले आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता तथा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनप्रतिको समर्पण प्रभावकारी रूपमा प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्न सफल हुनुभएको हो ।

प्रतियोगिताका क्रममा उहाँले नेपालको मौलिक संस्कृति, परम्परा, सभ्यता, राष्ट्रिय पहिचान तथा प्राकृतिक सम्पदालाई आकर्षक ढंगले प्रस्तुत गर्नुभएको थियो । नेपाली पहिरन, संस्कार, भाषा तथा नेपालको पर्यटन सम्भावनाबारे उहाँले आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उजागर गर्नुभएको थियो ।

देव म्याजेस्टिक ग्रुप नेपालको समन्वयमा प्रतियोगितामा सहभागी हुन मलेसिया जानुभएको थियो । संस्थाले प्रतियोगिताका लागि आवश्यक तयारी, समन्वय तथा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार