साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

काठमाडौं,
साउन ३ ।

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ ।

नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ ।
चाडै नै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो ।

अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्रालिका सचिव गोकर्ण लामिछानेले बताउनुभयो । उहाँले कला र सिर्जनाको सम्मानका लागि अवार्डको प्रमाणपत्रसँगै नगद राशीसमेत दिन थालिएको जिकिर गर्नुभयो । सुरुमा ठूलो रकम दिन नसकिएपनि यो एउटा सुरुवात भएको उहाँको भनाई थियो ।

अवार्ड वितरण कार्यक्रमलाई स्वस्थ, मर्यादित बनाउन, यसका विषय लाग्ने गरेका आरोपहरूलाई खण्डित गर्न पनि आफ्नो संस्था लागिरहेको उहाँले बताउनुभयो । आफ्नो संस्थाले यसअघि वितरण गरेका अवार्डमा पनि कुनै चलखेल नगरेको भन्दै उहाँले रिवार्डले झन् संस्था, कलाकार÷सर्जक÷स्रष्टाको गरिमा बढ्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री (शान्ति तथा पुनर्निर्माणमन्त्री) एवम् प्रतिनिधिसभा सदस्य सत्य पहाडीले यस्ता कार्यक्रमले कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा साधनारत व्यक्तिहरूलाई हौसला मिल्ने बताउनुभयो ।
उहाँले देशको कला, संस्कृति, साहित्य, सङ्गीतले अन्तर्राष्ट्रिय रूपमा पहिचान विस्तारमा सहयोग पुग्ने हुँदा यस क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले देशको पहिचानलाई सभ्य बनाउन र जगेर्ना गर्ने राजनीतिभन्दा पनि यो क्षेत्रको योगदान बढी हुने बताउनुभयो । कला, साहित्य, सङ्गीत र सिर्जनाले मान्छेलाई ऊर्जा प्रदान गर्ने भन्दै पूर्वमन्त्री पहाडीले यो क्षेत्रले समाज र देश बोल्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै, साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ले कला, साहित्य, सङ्गीत र सिर्जना अमूल्य निधि भएकाले यसको संरक्षण र विस्तारमा लाग्नुपर्ने बताउनुभयो । सामना म्युजिक क्रियसन यसमा लागिरहेको भन्दै उहाँले धन्यवाद दिनुभयो । यो क्षेत्रसँग सम्बन्धित सबैजना यसरी नै लाग्ने हो भने यसको गरिमा र महत्त्व अहिलेको भन्दा झन् बढ्ने उहाँको दाबी थियो । अन्य देशहरूमा कला, साहित्य क्षेत्र त्यहाँको सभ्यता र संस्कृतिको परिचायक भएको भन्दै उहाँले नेपालको सभ्यता, संस्कृति र पहिचानका लागि यो क्षेत्र अझै जुर्मुराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले राज्यले कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले कलाकारलाई राष्ट्रका गहना भन्ने गरेकोमा समेत चित्त दुखाउनुभयो । कलाकार राष्ट्रका गहना नभएर राष्ट्रको परिचायक रहेको उहाँको जिकिर थियो । कलाकार राष्ट्रको पहिचानका दूत भएको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समुन्नत र सुसंस्कृतिक क्षेत्र बनाउनुपर्ने उहाँको भनाइ थियो । यसका लागि यस क्षेत्रमा साधनारत सबै लाग्नुपर्ने र राज्यले समेत उपेक्षा गर्न नहुने उहाँले बताउनुभयो । कार्यक्रममा कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा विभिन्न व्यक्ति, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

 

उत्कृष्ट पाँचको नामावली र भोटिङ कोड यस प्रकार रहेको छ :

उत्कृष्ट राष्ट्रिय भावको गीत
१०१. सन्तोष श्रेष्ठ – खोजिरहेछ देशले
१०२. उत्तम केसी -नझुकुन् हाम्रा शीरहरु
१०३. टेक तामाङ्ग – नेपाली आमा
१०४. पूर्ण राई – हिमालको देश
१०५. लक्ष्मी पुरी प्रधान – मेरो देश नेपाल

उत्कृष्ट लोक गीत
१०६. बिरही कार्की – आमा
१०७. राजकुमार बगर – मनमा गहिरो घाउ छ
१०८. कृष्ण रेउले – मलाई
१०९. नरेश खाती – हाम्फालुम् कि झूण्डेर मरुम्
११०. चेतन गोतामे – मेरी आमा

उत्कृष्ट लोकदोहोरी शब्द
१११. प्रल्हाद सुबेदी – जलजला
११२. शिब हमाल – भिरमा सेती गाई
११३. सुजन लम्साल – चाँदनी
११४. राजु सुनाम – धेरै पछि पाइयो तिम्रो दर्शन
११५. बिनोद ढकाल – गालैमा कोठी

उत्कृष्ट लोकदोहोरी सङ्गीत
११६. श्रीकृष्ण बम मल्ल – डाँडाघरे साईंली
११७. नमराज ढुङ्गाना – पिरतीमा दम छ
११८. प्रसाद लामिछाने – मिर्सी खानेलाई
११९. रोसन परियार – डोको बुनेर
१२०. ऋषी खड्का – ए नि बरै

उत्कृष्ट लोकदोहोरी गायक
१२१ स्वरुपराज आचार्य – डाँडाघरे साईली
१२२ रामजी खाँण – डालीको फूल
१२३ नेत्र भण्डारी – झम्के फूली
१२४. कुशल बेलबासे – सनिसार
१२५. प्रकाश पराजुली – खै त हाँसेको

उत्कृष्ट लोकदोरी गायिका
१२६. बिष्णु माझी – मुटु खाने माया
१२७. पूर्णकला बिसी – सनिसार
१२८. लक्ष्मी मल्ल – डाँडाघरे साईंली
१२९. शान्ती श्री परियार – घर कता हो बैनीको
१३०. समिक्षा अधिकारी – माया मारेर

उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष)
१३१ महेन्द्र गौतम – कसको अनुमती
१३२. शिशिर पौडेल – सनिसार
१३३. निक्स शर्मा – कालो ऐना
१३४. जिबी चिरन – रेलको बाटो
१३५. सुबास बजगाईं – किन गयौ घाट

उत्कृष्ट लोकदोहोरी मोडल (महिला)
१३६. साया भण्डारी – पिरती नलाम माया
१३७. टिका जैसी – तिम्रो घरमा मेरी छोरी
१३८. उषा सुबेदी – सानबाबु
१३९. सरस्वती खत्री रेलको बाटो (फिमेल भर्सन)
१४०. सिम्रन दुलाल – साथ छोड्यो छायाले

उत्कृष्ट मोडल फिमेल – डान्स (पुरुष)
१४१. शंकर बिसी – जाउ डाँडै काटेर
१४२. सागर लम्साल – छुनुमुन
१४३. ओबी रायमाझी – रमरम मरौटी
१४४. लोमस शर्मा – मेलो बाबा
१४५. बबिन सिंह ठकुरी

उत्कृष्ट मोडल फिमेल – डान्स (महिला)
१४६. दिपाशा बिसी – निलो पटुकीले
१४७. रिना थापा मगर – मेलो बाबा
१४८. रुबिना अधिकारी – भिरमा सेती गाई
१४९. आयुष्मा कार्की – घर कता हो बैनीको
१५०. रुबिना अधिकारी – उही खोलीमा पानी

उत्कृष्ट निर्देशक लोकदोहोरी
१५१. शंकर बिसी – जाउँ डाँर्ड काटेर
१५२. बबिता श्रेष्ठ – यति सोध्न मन छ
१५३. काजिस श्रेष्ठ – मायाको डोरी
१५४ .स्मृती तिमिल्सिना गुरुआमा – भिरको खनियों
१५५. मौसम हिमाली – जाम भो माइली

उत्कृष्ट गीतकार आधुनिक पप
१५६. लोकराज अधिकारी – भन्नु हुन्थ्यो बाले
१५७. रामचन्द्र ढकाल – माया छरेर छाया फरर
१५८. माधवराज खरेल – ए मेरो हजुर
१५९. गीता अधिकारी – स्वास फेरी
१६०. सबिता पोखरेल – ढाँटे मरिजाम्

उत्कृष्ट सङ्गीत आधुनिक पप
१६१. सन्तोष केसी – तिम्रो नाममा धड्किन्छ यो मुटु
१६२. केशव सापकोटा – जाउ जाउ
१६३. सिएल शर्मा – माया लाइसक्यो
१६४. रोषन सिंह – तिमलाई नोटले बदल्यो
१६५. सुनिल बिसी – रुहाउने हजार

आधुनिक पप उत्कृष्ट गायक (पुरुष)
१६६. प्रमोद खरेल – तिमीलाई नोटले बदल्यो
१६७. सिडी बिजय अधिकारी – दुरी मजबुरी
१६८. रमेशराज भट्टराई – भन साईंला
१६९. चिरन्जीवी भण्डारी – मन त यो हरामी
१७०. राजेन्द्र बुढाथोकी – भन्नु हुन्थ्यो बाले

आधुनिक पप उत्कृष्ट गायक (महिलाा)
१७१. मिलन नेवार – पलपल चोट
१७२. प्रविशा अधिकारी – माया छरेर छाया फरर
१७३. स्मिता दहाल – सिरीरी सिरीरी
१७४. रिता केसी – तिमी पनि हरायौ
१७५. सारिका घिमिरे – घिन्ताङ् घिन्ताङ

आधुनिक पप उत्कृष्ट मोडल (पुरुष)
१७६. पुष्प खड्का – तिम्रै हुँन पाउँ
१७७. श्रीदेब भट्टराई – अन्जु रानी मन्जु रानी
१७८. बिक्रम बुढाथोकी – रुवाउने हजार
१७९. सुधिर श्रेष्ठ – दुरी मजबुरी
१८०. हरिष निरौला – सराङ्कोटको डाँडैमा

आधुनिक पप उत्कृष्ट मोडल (महिला)
१८१. सगुन शाही – मेरो माया मजाक भयो
१८२. निरुता शाही – आधी रात
१८३. सृष्टी खड्का – छुनुमुनु
१८४. रोषनी कार्की – बिरानो देश
१८५. सुसिला थापा – बेचेर सपना

आधुनिक पप उत्कृष्ट निर्देशक
१८६. अन्जान शर्मा – भत्किएको घर
१८७. देबेन्द्र पाण्डे – गाउँले ठिटो
१८८. सिर्जन बराल – तिम्रो यादल रोगी बनायो
१८९. माइकल चन्द – माया प्रेम
१९०. बिक्रम चौहान – किन मरिन म

आधुनिक पप उत्कृष्ट छायाँकार
१९१. सम्भु चालिसे – मुटु खाने माया
१९२. राजेश घिमिरे – पानी पाएपछि
१९३. दुर्गा पौडेल – सानबाबु
१९४. अजय रेग्मी – सराङकोटको डाँडैमा
१९५. रामकुमार केसी – फर्केर आउँछौ कि

आधुनिक पप उत्कृष्ट भिडियो सम्पादक
१९६. सुजन शाही – मुटु खाने माया
१९७. मिन रावल – भोलि छुट्टिएर रुनु भन्दा
१९८. बिनोद बम – शुभ होस् माया
१९९. अमृत चापागाईं – चौका दाउ
२००. राजेश कुमार – म बाँचेको संसार

आधुनिक पप उत्कृष्ट भिडियो सम्पादक

२०२. केशब बडु – नाच ओइ डल्ली
२०३. एच.बि.एन किस्मत – धेरै पछि पाएँ तिम्रो दर्शन
२०४. राकेश सोनी – चिनी हालेको
२०५. विश्वास नेपाल – सनिसार
२०६. डोलराज बाह्रघरे – के भर अर्काको

उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक

२०७. सानु केसी
२०८. सागर बिसी
२०९. चिज गुरुङ
२१०. बालचन्द्र बराल
२११. बसन्त बिक

उत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका
२१२. सपना रोका
२१३. लक्ष्मी भण्डारी
२१४. रिता रावत
२१५. जालुमाया गुरुङ
२१६. लक्ष्मी दर्नाल

यसमा तपाइको मत

अन्य समाचार