अविरल र दियाले चुमे लिटिल किङ एण्ड क्विनको उपाधि

 

भक्तपुर,
भाद्र २८ ।

लिटिल किङ एण्ड क्विन’को उपाधि अविरल खत्री र दिया शाक्यले चुमेका छन् । क्विन्स इभेन्टले आयोजना गरेको दुई भिन्न उमेर समुहका बालबालिका तथा किशोर–किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने प्रतियोगिता ‘लिटिल किङ एण्ड क्विन’मा उनिहरुले उक्त उपाधि चुम्न सफल भएका हुन् ।

प्रतियोगितामा रञ्जना गापी तथा सुनयना दुवालले फस्ट रनर्स अप तथा अस्मिता अवाल र प्रोमिस थापाले सेकेण्ड रनर्स अपको उपाधि जिते । अञ्जली पात्र तथा राजिव सुवालले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए ।

बालबालिकातर्फको प्रतिस्पर्धामा मलिना रोक्का तथा अनिकेत मुल्गुथीले मुख्य उपाधि जितेका छन् । भक्तपुरको टुरिजम मार्केटमा आयोजित बालबालिकातर्फ बिबिका लामा तथा सोनु बासुकलाले फस्ट रनर्स अप तथा अमिशा ढकाल र रेहान दुवालले सेकेण्ड रनर्स अपको उपाधि जिते ।

प्रतियोगितामा कृना खोजु तथा अनुप राईले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए ।

यसमा तपाइको मत

अन्य समाचार