मिलापले नै मल्हम लाग्नेछ – नेता दीपेश लामा

काठमाडौं,
भाद्र २५ ।

‘हामी सबै मिलेर गरौ कला र संस्कृतिको सम्मान ।
पिडामा दुखेको बेला मल्हम लगाउने हाम्रो अभियान ।।’

भन्ने नाराकासाथ बाढीपिडितको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गरिएको छ । शनिबार हिमालयन इन्टरटेनमेन्ट ग्रुपले बाढी पीडितलाई राहत सङ्कलन गर्ने प्रयास स्वरुप विशाल साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

रियल स्टेट व्यवसायी एवम् नेपाली काँग्रेस नुवाकोटका युवा नेता दीपेश लामाले प्रमुख आतिथ्यता गर्दै देश पीडामा डुबेको बेलामा सबै मिलेर अगाडि बढेमा पक्कै पनि मल्हम लाग्ने बताए । ‘हामी सबैको मिलापले नै पीडालाई कम गर्न सकिन्छ’, उनले भने ।

बिशेष अतिथि चलचित्र विकास बोर्डका सदस्य बरिष्ठ अभिनेता उत्तम केसी, गामबेंशी थकाली भान्छाघर बसुन्धाराको प्रोप्राइटर चन्द्रमान शेरचन, अतिथिहरु व्यवसायी बिराज लामा, कर्ण लामा, सुमन राई, हस्तबहादुर लामा, राजु लामा, मेगाड्रिम्स सहकारीका प्रमुख इन्द्र गेलाल, तरुणदल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ को सचिव रामहरि थपलिया रहेका थिए ।

कार्यक्रममा बाल गायिका जिग्मे छ्योकी घिसिङ, मिस तामाङ २०१७ की पिंकी घिसिङ, टिका प्रसार्इ, सुवास लामा पाख्रिन, सविन घिसिङ, सुमित्रा लामा, सुमन लामा, सरिता लामा, शरिन तामाङ, एञ्जिला वाइबा, चिजा लामा, शान्ति मोम्बा, राम तामाङ, मनिता तामाङ, बिमला भट्ट, श्रुति थोकर, सम्झना गुरूङ, अर्जुन सुनाम, दिपा पन्त, लेखराज गुरुङ र मञ्जु शाहलगायत दर्जनौं कलाकारले बेजोड प्रस्तुति रहेको थियो ।

सञ्चारकर्मी अर्जुनबहादुर तामाङद्वारा सञ्चालन एवम् कोषाध्यक्ष सविन घिसिङले स्वागत गरिएको सो कार्यक्रम ग्रुपका अध्यक्ष सुवास पाख्रिन तामाङको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार