एनपिएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं,
मंसिर ५ ।

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा दुवै टोली जित निकाल्दै उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

साविक विजेता लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने योजनामा छ भने लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने दाउमा छ । यसअघि भएका दुवै संस्करणको फाइनलमा पुगे पनि उपविजेतामै सीमित भएको सुदूरपश्चिम यसपटक इतिहास रच्ने लक्ष्यमा देखिएको छ ।

दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरिरहँदा शनिबारको फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने अभियानमा छ भने सुदूरपश्चिम पहिलोपटक एनपिएल च्याम्पियन बन्ने ऐतिहासिक अवसरको खोजीमा हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार