उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्वको समापन

काठमाडौं,
कात्तिक ३० ।

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । यसअघि हिजो षष्ठीका दिन निराहार व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

त्यसपछि रातभर जलाशय किनारमा जाग्राम बसेका उनीहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन् ।

सरकारले छठ पर्वको अन्तिम दिन आज (सोमबार) पनि सार्वजनिक बिदा दिएको छ । यसअघि षष्ठीका दिन मात्रै सार्वजनिक बिदा दिँदै आएको सरकारले यस वर्ष पहिलो पटक सप्तमी अर्थात् उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन पनि बिदा दिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार