काठमाडौं,
कात्तिक २२ ।
गायिका विष्णु माझीको नयाँ लोकदोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । नवराज पन्तको शब्द र वसन्त थापाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीतमा वसन्तको पनि स्वर छ ।
‘डाडै फुर्के सल्लो’, ‘सालको पातको टपरी’ लगायतका गीतमा सहकार्य गर्नुभएका वसन्त र विष्णुले पुनः लामो अन्तरालपछि सहकार्य गर्नुभएको हो । गीतको भिडियो एसएस सिरिज युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई प्रस्तुत गरिएको छ । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप लामा र जुना विश्वकर्माको अभिनय छ । अर्जुन बोहराले निर्माण गर्नुभएको भिडियोमा नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन छ ।







