‘कलेजी-ऊनको स्वीटर’को छायांकन सिक्किमबाट सुरु

काठमाडौं,
कात्तिक ११ ।

गतवर्षको हिट फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सिक्किमको युमथाङ उपत्यकाबाट सुरु भएको छ ।

निर्देशक नवीन चौहानका अनुसार स्थानीय लामा गुरुहरूको मन्त्रोच्चारणसहित शुभमुहूर्त गरी छायांकन आरम्भ गरिएको हो । पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसले दृश्य दिनुभएको थियो ।

आर्टमाण्डुको ब्यानरमा निर्माण हुने यस चलचित्रले प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गर्ने निर्देशक चौहानले बताउनुभयो ।

चलचित्रको छायांकन नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा हुने जनाइएको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयुष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बु, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायत कलाकारको अभिनय रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार