दिल ब्लोनको ‘नक्कली मोरी २’ (भिडियोसहित)

काठमाडौं,
असोज ६ ।

दिल ब्लोनको स्वरमा रहेको गीत ‘नक्कली मोरी २’को सार्वजनिक गरिएको छ । युवा पुस्तालाई लक्षित गर्दै रोमान्टिक भावमा गीत तयार पारिएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको रचना तथा संगीत स्वयं ब्लोनले गर्नुभएको हो । यसअघि पनि आफ्ना गीतको रचना र संगीत गर्दै आएका ब्लोन केही वर्षको विश्रामपछि पुनः गायनमा फर्किनुभएको हो । गायनमा पुनरागमनसँगै उहाँले अब नियमित रूपमा संगीत क्षेत्रमा सक्रिय रहने बताउनुभएको छ ।

‘नक्कली मोरी २’को भिडियोमा ब्लोन स्वयं र रियाले मोडलिङ गर्नुभएको छ । ब्लोनले गत वर्ष सार्वजनिक गरेको ‘नक्कली मोरी’मा मोडल उषा उप्रेतीले अभिनय गर्नुभएको थियो । उक्त गीतको सम्पादन तथा निर्देशन क्रान्ति केसीले गर्नुभएको थियो ।

एक दशकअघि गायनमा सक्रिय रहनुभएका ब्लोनले केही समयको विश्रामपछि नयाँ गीतमार्फत पुनः दर्शक तथा श्रोतामाझ आफूलाई प्रस्तुत गर्नुभएको हो । ‘नक्कली मोरी २’मार्फत उहाँले युवा पुस्ताका श्रोतालाई लक्षित गर्दै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार