लसता र सुभासको स्वरमा ‘भेट्दिन राती रातीमा’ (भिडियोसहित)

काठमाडौं,
असार ४ ।

लसता जोशी र सुभास मण्डलको स्वर रहेको गीत ‘भेट्दिन राती रातीमा’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द रचना र संगीत रहेको गीतको भिडियो सिटीसी मलको सिनेमाहलमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नेपालभाषाको मनोरञ्जन क्षेत्रका लोकप्रिय नायिका भिन्तुना जोशीको साथमा यसराज गराचको अभिनय छ । भिडियोलाई सुब्रत आचार्यले निर्देशन गर्नुभएको हो ।

गीतको सार्वजनिकिकरण कार्यक्रममा चलचित्र अन्वेषक प्रकाश सायमी, गायक जुजुकाजी रन्जित, संगीतकार न्ह्यू बज्राचार्य, अग्रज पत्रकार विजयरत्न तुलाधर का साथमा गायिका लसता र नायिका भिन्तुनाकी आमा नगिना जोशी लगायतको आतिथ्यता रहेको थियो । उहाँहरूले उक्त गीतको भिडियेका बारेमा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार