कविता : मेरी आमाको हाँसो

✍️ शंकर सेढाई
काठमाडौं, १४ वैशाख ।

म गल्ती गर्छु, उनी सच्याईदिन्छिन्,
म लुक्छु, उनी खोजी हिँड्छिन्,
म निन्याउरो बन्दिन्छु, उनी हाँसिदिन्छिन ।
मेरी आमाको हाँसो ।

म जिद्धि हुँदा उनी सरल भइदिन्छिन्,
म रिसाउदा उनी शान्त भइदिन्छिन्,
म डराउँदा उनी बलियो भइदिन्छिन्,
म एक्लो हुँदा उनी साथी भइदिन्छिन्,
म जब खुशी हुन्छु अनि बल्ल उनी खुशी हुन्छिन्,
मेरो हाँसोमा उनी हाँसिदिन्छिन् ।
मेरी आमाको हाँसो ।

झरेका दाँत, फुटेको ओठ
तैपनि मेरी आमा राम्री,
खै कहिले केही लगाको देख्दिन,
त्यै चन्दन अनि अलिकति बिगुत होला
तैपनि राम्री
किनकी मेरी आमा हाँसिदिन्छिन्।
मेरी आमाको हाँसो ।

उनको बोली सधै आशीष,
उनको माया सधै स्वस्छ,
उनको साथ सधै पबित्र,
सन्तानको लागि दुःख बिर्सिदिने,
सन्तानको अघि, मात्र खुशी भइदिने,
हामीले दुःख थाहा पाउछौँ भनेर होकी,
जत्ति बेलानी हाँसिदिने !
मेरी आमाको हाँसो !!
आहा ! मेरी आमाको हाँसो !!

आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औँशीको शुभकामना !!

यसमा तपाइको मत

अन्य समाचार