‘भेटै नहुनी’ भन्दै सरु र प्रमोद (भिडियोसहित)

काठमाडौं,
पुस २९ ।

सरु देउजा र प्रमोद खरेलको स्वरमा रहेको गीत ‘भेटै नहुनी’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द/संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन एवं मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्राहिल कार्कीको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा शिशिर भण्डारी र दीपा शाहीको अभिनय छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोमा माधव बेलवासेको सम्पादन एवं कलर छ । दीपक लामिछाने निर्माता, सरु देउजाको प्रस्तुति रहेको गीतको भिडियोे सरु देउजाको अफिसियल युट्युब च्यानमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार