काठमाडौं,
असार ११ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भरतपुर २० मा संगठन बिस्तारको कार्यक्रमलाई आक्रामक ढङ्गबाट अगाडि बढाएको छ । हालै मात्र चुडामणी पौडेलको सन्योजकत्त्वमा गठित संगठन बिस्तार समितिले छोटो समयमा नै गतिबिधीलाई ब्यापक बनाएको हो ।
‘पुर्ख्यौली पार्टी त्यागेर धेरै युवा पुस्ताले रास्वपालाई आफ्नो रोजाइको पार्टी बनाएका छन । यो खुशीको कुरा हो ।’ चनौलीका युवा ब्यबसायी तथा पार्टीका सकृय सदस्य डीआर पराजुलीले भन्नुभयो।
‘अब गाउघर सबैतिर घन्टी बज्ने वाला छ । गत उपनिर्वाचनले सङ्केत गरिसकेको छ । अब यो लहर कसैले रोक्न सक्दैन’, समितिका सदस्य तथा ब्यबसायी सालीक पौडेल ‘राजु’ को भनाइ छ ।
पार्टीमा आएको जन–उभार प्रति सन्योजक चुडामणी पौडेल निकै उत्साही देखिनुहुन्छ । र थप्नु हुन्छ ‘हामी मिसन–८४ मा केन्द्रित छौ । हामी अरुलाई गाली गर्दैनौ राम्रो काम गरेर देखाउछौ । कोरा गफ हैन नतिजामुखी काम गर्छौ ।’ सदस्यता बिस्तार लगत्तै छिट्टै वृहद वडा भेला गर्ने कुरा पनि उहाँले जानाकारी गराउनु भयो ।
स्मरण रहोस् यस अघि चुडामणी पौडेलको सन्योजकत्त्वमा गठित वडा नम्बर २० को संगठन बिस्तार समितिको सदस्यहरूमा सालीक पौडेल ‘राजु’, भरतराज तिवारी, गोविन्द ढकाल, सागर घिमिरे, माधवप्रसाद भट्टराई, रिमबहादुर थापा, षडानन्द पौडेल रहनुभएको छ ।






