दमक,
पुस ३ ।
दमक ५ गोर्खाली टोल युवा समूहले दमकको दुई वटा आश्रामलाइ आबस्यक समान प्रदान गरेको छ । समूहले गत तिहारका अबसरमा खेलेको देउसीभैलोबाट सङ्कलन गरेको रकमबाट आश्रामलाई चाहिने आबस्यकीय सहयोगी समान खरिद गरि समूहका व्यक्तिहरूले संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
समूहले दमक ४ को रत्न जेष्ठ नागरिक बृद्धा आश्रम र दमक २ मा रहेको हाम्रो बाल आश्रमका बालबालिकाहरुलाई खाध्य सामग्री, लत्ता कपडा इलेक्ट्रोनिक रोटी मेकर, पानी तताउने मेसिन सस्थाका ब्यबस्थापकहरूलाई हस्तान्तरण गरिएको हो । यसैबीच उक्त समूहले गोर्खाली टोलमा शनिबार बिहान सडक सरसफाईसमेत गरेको थियो ।






