बेनर्जी तेस्रो पटक मुख्यमन्त्री बन्दै

कलकता,
वैशाख २० ।

पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले फेरि ऐतिहासिक जित हात पारेको छ । पश्चिम बंगालमा मुख्यमन्त्री बेनर्जी आफू पराजित भएपनि उहाँको दल टीएमसीले दुई सय १४ सीट जितेको छ भने बीजेपी ७६ सीटमा खुम्चिएको छ । मतपरिणामसँगै बेनर्जी पश्चिम बंगालको तेस्रो पटक मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सन् २०१६ को निर्वाचनमा भने यस राज्यमा बीजेपीले तीन सीटमात्र जितेको थियो ।

पश्चिम बंगालसहित पाँचवटा राज्यमा विधानसभा निर्वाचन सम्पन्न भएको हो । तमिलनाडुमा मुख्य क्षेत्रिय विपक्षी पार्टी डिएमके सत्तामा आएको छ । केरलामा बाम गठबन्धनले बहुमत हासिल गरेको छ । बीजेपी गठबन्धनले भने यहाँ कुनै सीट जितेन बीजेपीले असाममा भने जित हासिल गरेको छ ।

असममा बीजेपी नेतृत्वको गठबन्धनले बहुमत ल्याएको छ भने पोडचरीमा पनि यही गठबन्धनको अग्रता छ । यो चुनावलाई सन् २०१९ पछि लगातार दोस्रो पटक केन्द्रको सत्ता सम्हालेको बीजेपीको मध्यावधी समीक्षाका रुपमा समेत हेरिएको थियो ।
निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले भने नराम्रो हार व्यहोरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार