भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं,
भाद्र १५ ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । वितग केही दिनदेखि कोमामा रहेका मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रणवका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिनुभएको हो ।

उहाँ कोमामा हुनुहुन्थ्यो र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो । उहाँको फोक्सोमा सङ्क्रमण भएको थियो । गत अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट सङ्क्रमित भएको पनि पुष्टि भएको थियो ।

मुखर्जी भारतीय काँग्रेसका पूर्व नेतासमेत हुनुहुन्छ । झण्डै पाँच दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गनुएभएका मुखर्जी सात पटक सांसदमा निर्वाचित हुनुभएको थियो ।

राजनीतिमा आउनुअघि उहाँ शिक्षण र पत्रकारिता समलंग्न हुनुहुन्थ्यो । उहाँ सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने त्यसपछि लगातार चारपटक राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका सम्हाल्नु भएको थियो भने सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँलाई गतवर्ष भारत रत्नबाट सम्मानित गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार