काठमाडौं,
जेठ ३२ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बइको बान्द्रास्थित आवासीय क्षेत्रमा रहेको आफ्नो घरमै आत्महत्या गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । ३४ वर्षका उनले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
सुशान्तले २०१४ मा बलिउड डेब्यू गरेका थिए । उनले भारतीय क्रिकेट टोलीमा पूर्वकप्तान महेन्द्र सिंह धोनीको बायोपिकमा धोनीको भूमिका गरेका थिए । यस बाहेक ‘केदारनाथ’, ‘पीके’लगायतका चलचित्रमा उनको भूमिका सम्झन लायक थिए । उनले टीभी सिरयल ‘पवित्रा रिस्ता’ मार्फत पनि धेरै दर्शकको मन जित्न सफल भएका थिए ।
‘केदारनाथ’ उनको अन्तिम चलचित्र बन्न पुग्यो । टेलिभिजनबाट करिअर सुरु गरेका उनले पछिल्लो समयमा ठूलोपर्दामा उल्लेखनीय अभिनयका कारण चर्चा कमाइरहेका थिए ।
सुशान्तकी पूर्व म्यानेजर दिशा सालिनले पनि गत हप्ता मात्र आत्महत्या गरेकी थिइन् । सुशान्तले दिशाको आकस्मिक मृत्युबारे ट्वीट गरेर दुःख व्यक्त गरेका थिए ।






