कोरोनालगायत अन्य महामारीको नियन्त्रण गर्न सीमानामा काँडेतार लगाऔं

  • नवल खडका

मुख्य कुरा देश हो । हामी नेपालीको स्वभिमान हुर्क्याउने र बचाउने यो सानो आयतन हो । यस आयतनलाई भिमकाय आयतनयुक्त मुलुकले वरपरबाट घेरेका छन् । बेलाबेलामा आड पाएका छौं भुल्नु हुन्न तीबाट । तर, अनेकन झञ्झावत पनि बेहोरीरहेका छौं ।

उत्तरमा हिमालले छेकेको छ र सीमा व्यवस्थापन छ । दक्षिणमा भद्रगोल छ । त्यता सीमा मिच्ने, तस्करी, डकैती, कालावजारी, आतङ्ककारी सबै ओहोरदोहर गर्ने द्वार छ । हुँदाहुदाँ माहामारी भित्रने सुरूङ पनि देखिएको छ ।

उदयपुर भन्नुस्, विरगञ्जका कोरोना संक्रमितको रहस्यमय प्रवेश सीमा खुला हुनु नै स्पष्ट छ । पुर्वाग्रह होइन, अहिलेको कोरोना कहरले पनि सीमा व्यवस्थापनको मागको औचित्यता सावित गर्दछ । सीमा वन्द गरौं ! प्रवेश व्यवस्थापन गरौं !! कोरोनालगायत अन्य महामारीको नियन्त्रण गर्न सीमानामा काँडेतार लगाऔं !!!

यसमा तपाइको मत

अन्य समाचार