काठमाडौं,
वैशाख ११ ।
नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ४८ पुगेको छ । बिहीबार साँझ थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।
आजै जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा पनि कोरोना संक्तमण देखिएको थियो । त्यस्तै आजै संक्रमितमध्ये तीन जना निको भएर घर फर्किएका छन् । बिहीबार साँझसम्म कोरोना संक्रमणपछि निको हुनेको सङ्ख्या १० पुगेको छ ।






