केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं,
वैशाख ८ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भेगको मौसम सामान्तया सफा रहेको छ ।

महाशाखाले जारी गरेको मौसम पूूर्वानुमानमा आज अपरान्हपश्चात् पूर्वी तथा मध्य क्षेत्रलगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।

त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भू-भागका केही स्थानहरुका साथै पूर्वी तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार