काठमाडौं,
वैशाख ६ ।
थप एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्याङ्कअनुसार शनिबार थप एक जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । जसमध्य ३ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार सङ्क्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन् ।






