सबै जिल्लामा र्‍यापिड डाइग्नोस्टिक विधिबाट परीक्षण सुरु

काठमाडौं,
वैशाख ६ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा र्‍यापिड डाइग्नोस्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा परीक्षण गरिएको छ ।

यसैगरी आरडीटी विधिबाट अहिलेसम्म १९ हजार ४ सय ५४ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८० जनाको परीक्षण भएको छ । मुलुकभरी ४ हजार ५ सय ३६ जना क्‍वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ । हाल काठमाडौं उपत्यकामा ५ र बाहिर १ सय १२ गरी जम्मा १ सय १७ जना आइसोलेसनमा छन् ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएसागै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३० पुगेको हो । दुई जना निको भएर घर फर्किएका छन् भने २८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

यसमा तपाइको मत

अन्य समाचार