काठमाडौं,
वैशाख ६ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका मध्य, पूर्वका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, राति देशको देशको पूर्वी भू-भागका र मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






