काठमाडौं,
चैत २८ ।
बेलायत र कोरियाले कोरोना भाइसर संक्रमणका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई शुक्रबार (आज) आफ्ना मुलुक लैजाने भएका छन् । बेलायतले शुक्रबार दिउँसो १ बजे टाइटन एयरमार्फत नेपालमा रोकिएका आफ्ना नागरिक लैजान लागेको हो ।
कोरोना भाइरस संक्रमणपछि नेपालले मुलुकभर लकडाउन घोषणा गरेपछि बेलायतलगायत मुलुकका नागरिक नेपालमा रोकिएका थिए । यसअघि अन्य मुलुकले नेपालबाट आफ्ना नागरिक लगिसकेका छन् ।
यसैगरी जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक आजै फिर्ता लैजाने भएको छ । जापानले नेपाल एयरलाईन्सको जहाजमार्फत नेपालमा रहेका आफ्नो नागरिक आजै लैजान लागेको हो । यस्तै नेपाल एयरलाईन्सको जहाज कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामाग्री लिन चीनको ग्वान्जाओ जाने भएको छ ।
यसैगरी शुक्रबार नै कोरियाले पनि नेपालमा अड्किएका आफ्ना नागरिक लैजाने भएको छ । आफ्ना नागरिक लिन कोरियन एयरलाइन्सको जहाज शुक्रबार दिउँसो तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने र साँझ पाँच बजे फिर्ता हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
यस्तै नेपाल एयरलाईन्सको जहाज कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामाग्री लिन चीनको ग्वान्जाओ जाने भएको छ ।






