काठमाडौं,
असार १२ ।
गायक रामप्रसाद खनालको नयाँ गीत पन्चेबाजाको विशेष लोक दोहोरी एल्बम ‘दुलाहा दुलही’ सार्वजनिक भएको केहि दिनमा नै सर्वत्र रुचाईएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रिय अध्यक्षसमेत रहेका खनालको उक्त पञ्चेवाजाको लोक दोहोरी गीत विशुद्ध मौलिक र बजारमा आएका पञ्चेवाजा भन्दा पृथक र स्तरीय रहेको कारण सवैले रुचाएका हुन ।
लोक दोहोरी क्षेत्रका भिष्म पितामह भनेर चिनिने खनाल स्वयम्को शव्द र रहेको गीतलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । थानेश्वर गौतमको सङ्गीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको गीतको भिडियोलाई शंकर बिसीले कोरियोग्राफी गरेका छन ।
बिसी तथा सर्जक खनालकै संयुक्त निर्देशनमा तयार भएको भिडियोमा करिश्मा ढकाल फिचरिङ रहेकी छिन भने लोकप्रिय कलाकार किरण केसी र शिवहरि पौडेलको समेत अभिनय देख्न सकिन्छ ।
विदेशमा रहेर आफ्नो पेशागत कर्म जारी राखी नेपाली कला संस्कृति एवम् लोकदोहोरी, कला सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय खनालका हालसम्म ४८ वटा गीति एल्बम प्रकाशन गरिसकेका छन भने १२ सय भन्दा बढी गीतहरु सार्वजनिक भइसकेका छन ।
आफ्नै युट्युब च्यानल रामप्रसाद खनालबाट सार्वजनिक भएको भिडियो लोकप्रियता बढेसँगै आफ्नो युट्यूब च्यानल रामप्रसाद खनाललाई सव्सक्राईव्स गर्नेहरु ३ जना मध्ये प्रथमलाई पचास हजार, दोस्रोलाई तीस हजार र तेस्रोलाई बिस हजारको नगद पुरस्कार दिने घोषणा समेत गरेका छन ।
गत दुई बर्षमा १९ वटा लोकप्रिय गीतहरु गाएका खनालले आफ्ना केही गीतहरु आफ्नी छोरी सुष्मा खनाललाई प्रोत्साहित गर्न सुष्मा खनालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए ।







