काठमाडौं,
चैत्र २८ ।
भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको मतदान आजदेखि शुरु भएको हो ।
भारतीय संसदको तल्लो सभा, लोकसभाका ५४५ मध्ये ५४३ सांसदका लागि हुने यस निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार यस पटकमात्र यहाँ करिब डेढ करोड नयाँ मतदाता थपिएका छन् ।
नेपाली मिति अनुसार भारतमा आज चैत २८ गतेदेखि शुरु हुने यस निर्वाचनको जेठ ५ गतेसम्म मतदान नै जारी रहन्छ । यो निर्वाचन सात चरणमा हुन लागेको छ। आगामी जेठ ९ गते (मे २३) मा निर्वाचनको परिणाम घोषणा हुने कार्यक्रम छ ।
सात चरणमा सम्पन्न हुन लागेको यस निर्वाचनको करिब ६ हप्ताको कार्यतालिका निर्वाचन आयोगले पहिल्यै सार्वजनिक गरिसकेको छ ।






