काठमाडौं,
आश्विन ३ ।
नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.ले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा आफ्नो आठौ एक्स्टेन्सन काउन्टर खोलेको छ ।
नगरप्रमुख उद्धब पौडेल र बैङ्कका नायव महाप्रबन्धक विजेन्द्र सुवालले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
बुढानिलकण्ठस्थित १३ नम्बर वडा कार्यलयमा खोलिएको काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्नेछ । साथै काउन्टरले सात हजारको सङ्ख्यामा रहेका स्थानीय जनतालाई वित्तिय साक्षरता प्रदान गरी बैङ्किङ कारोबारका लागि प्रोत्साहन गर्नेछ ।
त्यस्तै सर्लाहीको बरहथवास्थित गुदारी बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.को शाखालाई स्थानीय माग अनुसार इलाका प्रहरी कार्यालय अगाडि स्थानान्तरण गरिएको छ । ८० हजारको हाराहारीमा रहेका स्थानीयलाई छिटो, छरितो र उत्कृष्ट वित्तिय सेवा दिन बैङ्क प्रयासरत रहनेछ ।
सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैङ्कले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.को हाल ७७ वटा शाखा तथा १०२ वटा एटिएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैङ्कको ६० वटा शाखारहित बैङ्किङ सुविधा तथा नौ वटा राजश्व सङ्कलन केन्द्रका साथै बैङ्कको सञ्जालमा ७ सय ९० बढी भिसा तथा एनपिएन सदस्य बैङ्कका एटिएम रहेको छ ।
भर्खरै यूरोमनि अवार्ड-‘उत्कृष्ट बैङ्क नेपाल- २०१८’ जितेको यो बैङ्कले पाँच पटकसम्म ‘बैङ्क अफ द इयर’ अवार्ड प्राप्त गरिसकेकोे छ ।






