क्षितिजा शाक्य मिस नेपाल युएस २०१८को अफिसेली फेसन डिजाइनर

काठमाडौं,
श्रावण २८ ।

आर्टिष्ट, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य मिस नेपाल युएस २०१८ मा अफिसेली फेसन डिजाइनर नियुक्त भएकी छन्। अमेरिकामा यही अगष्ट महिनाको १९ तारिखका दिन हुन गइरहेको मिस नेपाल युएस २०१८ को लागि अफिसेली फेसन डिजाइनर भएकी हुन् ।

अमेरिकाको टेक्सास स्थित डल्लासमा आयोजना हुने मिस नेपाल युएस २०१८ मा सहभागीहरुका लागि आवश्यक फेसन डिजाइनिङ गर्ने कार्य डिजाइनर शाक्यवाट भएको छ । नेपाली स्टाइलमा इभिनिङ गाउन लगायतको डिजाइन शाक्यले गरेकी हुन् ।

मिस नेपाल युएस २०१८ मा एक से एक प्रतिस्पर्धीहरुलाई बेस्ट अफ लक तथा आधिकारिक कोरियोग्राफर सुरेश मानन्धर, आदित्य खरेल, प्रतिक सुवेदी लगायत आयोजक टीमलाई मौका तथा अवसर प्रदान गरेकोमा धन्यवाद दिने कार्य पनि डिजाइनर शाक्यवाट भएको छ ।

नेपालमा बुटिक व्यवसायमा विगत एक दशक देखि निरन्तर लाग्दै आएकी उनी देश–विदेशमा ख्यातिप्राप्त फेसन डिजाइनर हुन् । नेपाली टेलिफिल्म पर्खालवाट अभिनयको करियर शुरु गरेकी उनको पहिलो चलचित्र घामछायाँ थियो ।

त्यसपछि एक दर्जन चलचित्रमा लिडिङ रोलमा अभिनय गरिसकेकी उनले सयौं फेसन–शोमा क्याटवाक तथा फेसन डिजाइन गरिसकेकी छन् ।

नेपाली ढाका, ह्यामलगायतका कपडाको प्रमोट गरेर फेसन डिजाइन गर्ने कार्यमा पनि डिजाइनर शाक्यले नयाँ आयाम राखिसकेकी छन् । कल्चरल मोडिफाइड फेसन डिजाइन गर्ने कार्यमा निरन्तरता दिएर बेग्लै रेकर्ड राख्ने सोच रहेको उनी बताउँछिन् ।

यसमा तपाइको मत

अन्य समाचार