केपिए वेडिङ फोटो अवार्ड हुँदै

काठमाडौं,
श्रावण २७ ।

केपिए वेडिङ फोटो अवार्ड २०१८ आयोजना हुने भएको छ । काठमाडौं फोटोग्राफर संघले हरेक वर्षजस्तै यस वर्ष पनि केपिए वेडिङ फोटो अवार्ड २०१८ आयोजना गर्ने भएको हो ।

संघका सचिव तथा अवार्डका संयोजक जीवन काप्mलेका अनुसार बैबाहिक फोटोहरुको यो प्रतियोगिताका लागि साउन २५ गतेबाट आवेदन खुला गरिएको छ र भाद्र २३ गते साँझ ५ बजेसम्म आफुले खिचेका तस्वीर पठाइसक्नु पर्नेछ । इच्छुक फोटोग्राफरले बढिमा २ वटासम्म फोटोग्राफ समावेश गर्न पाउनेछन् ।

संघका अध्यक्ष भगवती थापा मगरका अनुसार प्रतियोगितामा नेपालका सबै स्थानका फोटोग्राफरहरू सहभागी हुन पाउनेछन् । उनका अनुसार तोकिएको सङ्कलन केन्द्र वा काठमाडौं फोटोग्राफर संघको वेबसाइट केपिए डट ओआरजी डट एनपीबाट आवेदन फाराम डाउनलोड गरी तोकिएका शर्तहरूको अधिनमा रही फाराम भरेर सोही सङ्कलन केन्द्र वा संघको इमेलमा पठाउन सकिनेछ । फोटोहरू वैवाहिक समारोहमा खिचिएको र साँस्कृतिक भाव झल्किने खालको हुनुपर्ने उनले प्रष्ट्याए ।

संघका अध्यक्ष थापाका अनुसार आगामी असोज १ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने एक समारोहकाबीच उत्कृष्ट तीन विजेताहरूलाई क्यानन ब्रान्डका डिएसएलआर क्यामेरा तथा अवार्ड प्रदान गरिनेछ । साथै अन्य उत्कृष्ट २० प्रतियोगीलाई आकर्षक पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार