हेटौडा,
आषाढ १८ ।
बाल गायक अशोक दर्जीका लागि सङ्कलन भएको रकम दर्जीको खातामा जम्मा गरिएको छ । गत न्यू मिडिया एकेडमीले गत असार ८ गते दुबईमा सप्पन्न गरेको हेटौंडा जर्नलिजम अवार्डमा एवम् सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको १ लाख ८५ हजार ३ सय १५ रुपैँयामध्ये ४० हजार रुपैँया कार्यक्रमका दिन नगद हस्तान्तरण गरिएको थियो भने बाँकी १ लाख ४५ हजार ३ सय १५ रुपैँया नेपाल बाणिज्य बैङ्कमा रहेको अशोक दर्जी ट्रष्टको खातामा जम्मा गरिएको हो ।
दुवईको बरदुवईमा भएको सांस्कृतिक कार्यक्रममा सहभागीहरुले दर्जीको घर निर्माणका लागि सहयोग गरेको अवर्डाका आयोजक न्यू मिडिया एकेडेमीका अध्यक्ष मणीराज गौतमले बताए ।
कार्यक्रममा दुवईमा रहेका स्थानीय आयोजक समिम खान, मनोज गोर्खाली, भीम अधिकारी र मदन अधिकारीले गायक टंक बुढाथोकीका लागि करिव ३० हजार रुपैँया थप सहयोग गरेका थिए ।
अवार्डका लागि नेपालबाट ५५ जनाको टोली दुवई पुगेर नेपाल फिर्ता भइसकेका छन् । दर्जीका लागी दुबईमा रहेका नेपालीहरुले थप रकम सहयोग गरीरहेको पाईएको छ । दुबईमा अवार्ड का अतिरिक्त अन्य बिभिन्न समाजहरुले दर्जीलाई ब्यक्तिगतरुपमा पनि सहयोग गरेका छन् ।






