सीमा द मेकअप स्टुडियो सञ्चालनमा ल्याइन सीमाले

काठमाडौं,
आषाढ १७ ।

नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा लामो समयदेखि रहेकी सीमा गुरुङले लाजिम्पाटमा ‘सीमा द मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएकी छिन् ।

नायिकाहरु सञ्चिता लुइटेल, स्वेता खड्का र ऋचा शर्माले संयुक्त रुपमा रिबन तथा केक काटेर स्टुडियोको उद्घाटन गरेका हुन् । उक्त अबसरमा सेलेब्रेटिहरुको साथमा फेशन डिजाइनर, सौन्दर्यबिद, कलाकार, सञ्चारकर्मी समाजसेवी तथा अन्य सर्बसाधारणहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

‘सौन्दर्यप्रेमी सेलिब्रेटी एवम् सर्वसाधारणको अहिलेको प्राथमिकतालार्इ ध्यानमा राख्दै स्टुडियो सञ्चालनमा ल्याएकी हुँ’, सीमाले भिनन् ।

सीमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरूषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबै खाले सेवा उपलब्ध हुने सीमाले बतइन् । ‘मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था पनि गरिएको छ’, उनले भनिन् ।

यसमा तपाइको मत

अन्य समाचार