काठमाडौं,
आषाढ ११ ।
दोस्रो बेबिलोन उपत्यकाव्यापी अन्तर विद्यालय राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगिता–२०७५ मा बागमती बोर्डिङ स्कूल, सुकेधारा तथा एनकेसिंह मेमोरियल (इपिएस) स्कूल, मीनभवन उत्कृष्ट भएका छन् ।
आइतबार काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कूलले आयोजना गरेको प्रतियोगितामा बागमती बोर्डिङले वाद्यवादनतर्फ तथा ईपिएस स्कूलले नृत्यतर्फ पहिलो स्थान हासिल गरेका हुन् ।
प्रतयोगितामा वाद्यवादनतर्फ ओडिसी ईन्टरनेशनल एकेडेमीले दोस्रो तथा डल्लु आवासीय माविले तेस्रो स्थान हासिल ग¥यो । नृत्यतर्फ गोल्डेन पिक हाइ स्कूल, शान्तिनगरले दोस्रो तथा पेप्सीकोलास्थित ग्लोबल पब्लिकले तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा उपत्यकाका विभिन्न २२ विद्यालयहरुले सहभागिता जनाएका थिए ।
संस्कारसहितको शिक्षामा जोड दिने बेबिलोन स्कूलले मौलिक संस्कृति तथा वाद्यवादनका सामग्रीहरुको संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रधानाध्यापक राजु राईले बताए ।
प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई कार्यक्रम प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशी तथा विशेष अतिथि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)ले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
समारोहमा बेबिलोन नेशनल स्कूलले संस्कृतिवीद् जोशीलाई नगद १५ हजार एक सय एक रुपैयाँ राशीसहित सम्मान गरेको थियो ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष तेजबहादुर राईको अध्यक्षता सम्पन्न प्रतियोगितामा बेबिलोनकै छात्र–छात्राहरुले पनि नृत्य तथा बाद्यवादन प्रस्तुत गरेका थिए । समारोह विद्यालयका शिक्षकद्वय प्रेमलाल पराजुली र घनश्याम दाहालले सञ्चालन गरेका थिए ।






