निताले गरिन माइ ताई स्पोर्ट बार एन्ड रेष्टुरेन्टको उद्घाटन

काठमाडौं,
आषाढ २ ।

नायिका निता ढुंगानाले माइ ताई स्पोर्ट बार एन्ड रेष्टुरेन्टको उद्घाटन गरेकी छन् । उनले शुक्रबार लाजिम्पाटको ग्याङजोङ होटलको परिसरमा भित्र रहेको रेस्टुरेन्ट माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेन्टको उद्घाटन गरेकी हुन् ।

सेलिब्रेटी, समाजसेवी, पत्रकार तथा अन्य पारिवारिक सदस्यबीच उद्घाटन गरिएको कार्यक्रममा निता सहित नितासहित अतिथिहरु सौन्दर्यबिद रश्मिला श्रेष्ठ, फेसन डिजाइनर काजल शर्मा, मोडल तथा नायिका भावना गुरुङ, युवा ब्यबसायी प्रकाशकुमार श्रेष्ठलगायतले रिबन तथा केक काटेर औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको सञ्चालक लाल श्रेष्ठले बताए ।

‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको हौ’, रेस्टुरेन्ट एन्ड बारका अर्का सञ्चालक राजन भण्डारीले भने ।

रेष्टुरेन्ट विहान ११ बजे देखि राति १२ बजेसम्म सञ्चालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गरिने बताइएको छ । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार