काठमाडौं,
ज्येष्ठ १३ ।
राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ सार्वजनिक भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शुक्रबार एक कार्यक्रमबीच उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
‘त्रिशूली प्रवाह’ साप्ताहिक नुवाकोटद्वारा प्रकाशित कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन् ।
‘धरहरा’, ‘रानीपोखरी’, ‘काष्ठमण्डप’, ‘काठमाडौंलाई भूकम्प सुहाउँदैन’ ‘पाटन’, ‘योगनरेन्द्र मल्लको चरो’ ‘टेको भादगाउँ’, ‘वेह्युल’ (ला¬ङटाङ), ‘घर’, ‘भूकम्प युग’, , ‘राहत’, ‘बारपाक’, ‘वैशाख १२’ आदि शीर्षकका छोटा छोटा कवितामा कविले आफ्ना भाव पोखेका छन् ।






