रावासावा प्राज्ञिक समाजमा डा. धनपप्रसाद

काठमाडौं,
वैशाख २२ ।

खोटाङ जिल्लाबाट काठमाडौं आएका प्राज्ञिक समाजले स्थापना गरेका रावासावा प्राज्ञिक समाजमा डा. धनपप्रसाद सुवेदी चयन भएका छन् । काठमाडौंको पाटन संयुक्त क्याम्पसमा सम्पन्न समाजको नवौं साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिका उपाध्यक्षमा वरिष्ठ गीतकार टीका चाम्लिङ, कवि साहित्यकार बम बानियाँ र कवि गीतकार सुरेश हाँचेकाली चयन भएका छन् । त्यसैगरी महासचिवमा २०७४ का वर्ष कवि चन्द रानाहँछा, सचिवमा नाटककर तथा लेखक प्रविण पुमा र कोषाध्यक्षमा भरत मगर चयन भएको छन् ।

यस्तै सदस्यहरूमा डा. यादेवी ढकाल, श्रीराम राई, आनन्द भट्टराई, भीम राई र रेवत राई रहेका छन् ।

जन्मथलो खोटाङ कर्मथलो काठमाडौं बनाएर बसेका स्रष्टाहरूले २०६४ सालमा यस संस्थाको स्थापना गरेका थिए । स्थापनकालमा डा. विष्णु राईको अध्यक्षतामा बनेको समाजले खोटाङे कला, साहित्य, सङ्गीत, शिक्षा तथा समाज सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार