नचुमेको क्षितिज लिएर आईन दुर्गा तिवारी

काठमाडौं,
वैशाख २१ ।

कवि तथा साहित्यकार दुर्गा तिवारीले कवितासङ्ग्रह नचुमेको क्षितिज लिएर आएकी छन् । राजधानीमा आज एक कार्यक्रमबीच उनको यो कृति सार्वजनिक भएको हो ।

बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारीलगायतले कृतिलाई सयुक्तरुपमा गरेका हुन् । मुक्तक लेखनमा परिचित तिवारीले पहिलो पटक कविता कृती प्रकाशन गरेकी हुन् ।

कृतिको समीक्षा गर्दै समीक्षक डाक्टर लेखप्रसाद निरौलाले तिवारीका कविताले समाज वोलेको टिप्पणी गरे । ग्रामिण भेगका रितिथिति तथा प्राकृतिक सुन्दरताहरु कविता भित्र पढ्न पाईने भन्दै उनले गीतीलयमा लेखिएका कविताले देश प्रेम बोलेको बताए ।

कार्यक्रममा गजलकार ज्ञानुवाकरण पौडेल, प्राध्यापक कोषराज न्यौपाने, साहित्यकार कौशिला रिसाल, नेपाली शिक्षापरिषदका सदस्यसचिब रमा शर्मालगायत थुप्रै साहित्यकारहरुको उपस्थित रहेको थियो ।
नचुमेको क्षितिजमा ७४ वटा कविता सङ्ग्रहित रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार