प्राज्ञ सुषमा राजभण्डारीलाई पितृशोक

काठमाडौं,
वैशाख ६ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी प्राज्ञ तथा हस्तकला विभागकी प्रमुख सुषमा राजभण्डारीलाई पितृशोक परेको छ । उहाँका पिता शुकदेव राजभण्डारीको ७९ वर्षको उमेरमा हिजो विहान करिब ११ बजे निदन भएको हो ।

काठमाडौंको ब्लुक्रस हस्पिटलमा उपचारको क्रममा सुषमाका पिता शुकदेवको निदन भएको थियो । शुकदेव लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेहको विरामी हुनुहन्थ्यो ।

स्वर्गिय शुकदेव राजभण्डारीका एक श्रीमती, दुई छोरा तथा तीन छोरी छन् । उहाँको हिजो नै पशुपतिको आर्यघाटमा दाहासंस्कार गरियो ।

यसमा तपाइको मत

अन्य समाचार