प्रदेश नं. १को युवा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

मदनकृष्ण सिलवाल
काठमाडौं,
चैत ३० ।

काठमाडौँ जिल्लासहित ललितपुर, नुवाकोट र रसुवा जिल्लाका युवा परिषद् अध्यक्षहरुसहितका अग्रणी युवा, उद्यमीहरु प्रदेश नं. १ को युवा अनुभव आदानप्रदान कार्यक्रमको भ्रमण सम्पन्न गरी राजधानी फर्केका छन् ।
चार वटा जिल्लाका करीब २४ जना उद्यमी, युवा नेतृत्व र पत्रकारसहित २९ जनाको टोली त्यसतर्फ प्रस्थान गरी चैत्र २८ गते राजधानी फर्केको हो ।

सहभागिताहरुले प्रदेश नं. १ को विराटनगर, सुनसरी, उदयपुर र धनकुटाका युवा उद्यमहरु अवलोकन गरी काठमाडौँ युवा परिषद् अध्यक्ष नितेशलाल सिंहले बताउनुभयो ।
युवाहरुले कम स्रोत साधनमा पनि सफल व्यवसाय सञ्चालन गरिरहेकाले राज्यले युवा उद्यमीलाई सहयोग गर्ने कार्यक्रम संचालन गरेको खण्डमा देशभित्र ठूलो रोजगार सिर्जना हुने अधिकांश सहभागी नम्रता महर्जनले बताउनुभयो ।
भ्रमणको पहिलो दिन उदयपुरका त्रियुगा बोइलर कुखुरा फर्म, त्रियुगा बेकरी उद्योग र हिमालय च्याउ उद्योगमा पुगी अनुभव साटासाटा ग¥यो ।

दोस्रो दिन धनकुटाको धनकुटाका फोहर मैला सङ्कलन तथा व्यवासाय केन्द्र, धनकुटा, कृषि अनुसन्धान परिषद्, पाख्रिवास, महालक्ष्मी खुकुरी उद्योग धनकुटा र श्री धर्मगंगा फलफुल नर्सरी पुगियो । त्यसैगरी तेस्रो दिनमा मोरङको ववियाविर्ता च्याउ (गाई फर्म), पाडा पालन व्यवसाय केन्द्र, न्यू एभरेष्ट माछा फर्म,एम.बी. सी. प्रोडक्शन प्रा.लि.लगायतको अनुभव साटासाट गरिएको थियो ।

भ्रमणको क्रममा पोल्ट्री व्यवसाय, पोल्ट्री व्यवसाय, च्याउ उद्योग, धनकुटाा फोहर मैला सकलन तथा व्यवस्थापन लगायतका विभिन्न सफल व्यवसायहरु अवलोकन गरिएको सहभागिता महिला उद्यमी नम्रता महर्जनले बताउनुभयो ।

भ्रमण टोलीमा काठमाडौंबाट युवा परिषद् जिल्ला अध्यक्ष नितेशलाल सिंह, ललितपुरबाट युवा परिषद्का अध्यक्ष रमेशचन्द्र घिमिरे, रसुवाका युवा परिषद्का अध्यक्ष सुरज अधिकारी र नुवाकोटका युवा परिषद् अध्यक्ष उपेन्द्र मिश्रले भ्रमणको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार