छायाँछवि काव्य श्रृङ्खलामा सुनिए अमृता र यात्री

काठमाडौं,
चैत २५ ।

छायाँछवि काव्य श्रृङ्खलामा अमृता स्मृति र यात्री प्रकाश पाण्डे सुनिएका छन् । छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य श्रृङ्खलाको छैठौं सिलसिला उनिहरु सुनिएका हुन् ।

शनिबार बागबजारको सिटिम्याक्समा आयोजित समारोहमा प्रसिद्ध साहित्यकार एवम्  रेडियोकर्मी नवराज लम्साल तथा अभिनेत्री शोभिता सिंखडाको विशेष आतिथ्यतामा छायाँछविले छैठौं काव्य श्रृङ्खला सम्पन्न गरेको हो ।

कार्यक्रममा गजलकार यात्री प्रकाश पाण्डेले गजल बाचन गरेका थिए भने कवयित्री अमृता स्मृतिले कविताहरु सुनाएकी थिइन् । वाचन गरिएका स्रष्टाका श्रृजनामाथी विशेष अतिथी नवराज लम्सालले समिक्षा गरेका थिए ।

त्यस्तै कार्यक्रमकी विशेष अतिथी चलचित्र अभिनेत्री शोभिता सिंखडाले आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरेकी थिइन् । उनले उपन्यास ‘वराङ्गना’ लिएर आउन लागेको बताइन् ।

छायाँछवि काव्य श्रृंखलाका अध्यक्ष एवम् वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रियले कार्यक्रमको सुत्रधारका रुपमा प्रस्तुत हूँदै कार्यक्रमको प्रमुख उद्देश्यमाथी प्रकाश पारेका थिए । प्रियले आफ्नो मूल उद्देश्य साहित्यीक क्रियाशिलताका माध्यमबाट केही न केही साहित्यिक रुपमा बिकाश गर्नु नै बताए ।

कार्यक्रम संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवम् चलचित्र तथा सङ्गीतकर्मीलाई स्वागत मन्तब्य राखेकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार